जोडिनुहोस
  • होमपेज
  • पीएनजीद्वारा युएईलाई २३५ रनको लक्ष्य

अन्तर्राष्ट्रिय

पीएनजीद्वारा युएईलाई २३५ रनको लक्ष्य

पीएनजीद्वारा युएईलाई २३५ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग टू को आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनी(पीएनजी)ले युएईलाई जितका लागि २ सय ३५ रनको लक्ष्य दिएको छ ।

काठमाडौंमा रहेको टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रन बनाएको हो ।

पीएनजीका लागि कप्तान असद भालाले ९२ बलमा ६५ रन बनाए । भालाले ६ चौका र १ छक्का प्रहार गरेका थिए । नर्मन भानुवाले अविजित ४९ रन बनाउँदा चाल्र्स अमिनीले ४४ बलमा २२ रन बनाए । किप्लिन डोरिगाले ६० बलमा २४ रन बनाए ।

गौडी टोकाले १५ रन बनाउँदा राईली हेरुकेले अविजित ३३ रन बनाए । युएईका लागि हर्जत बिलालले ४ तथा जावर फरिद र रोहन मुस्ताफाले समान १/१ विकेट लिए ।

लिग टू सिरिजमा युएईविरुद्ध पुर्णरुपले हाबी रहेको पीएनजी आजको खेल जितेर विश्वकप लिग टू को यात्रा सुखद रुपमा समाप्त गर्न चाहान्छ ।

उता,युएई पनि पीएनजी माथी फराकिलो जित निकाल्दै एकदिवसीय मान्यता कायम राख्ने कमजोर सम्भावना जिवितै राख्न चाहान्छ ।

पीएनजीले ३५ खेलमा ५ मा जित २९ मा हार व्यहोरेको छ । पीएनजी ११ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ।

युएईले ३४ खेलमा १४ मा जित १७ मा हार व्यहोरेको छ । युएई ३१ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका