जोडिनुहोस
  • होमपेज
  • सांसद चयन गर्न जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

सांसद चयन गर्न जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले बिहीबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

पार्टीको तर्फबाट समानुपातिक सांसदबारे निर्णय गर्न बिहीबार दिउँसो ११ बजे बैठक बोलाइएको नेताहरुले बताएका छन् । जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त छ ।

जसपाको समानुपातिक बन्दसूचीमा मुस्लिम क्लस्टरमा शहनाज रहमानपछि दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन् । एक नेताका अनुसार मञ्जु अन्सारी सांसद बन्ने बढी सम्भावना छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका