जोडिनुहोस
  • होमपेज
  • ‘ए’ डिभिजन लिग : एपीएफले आर्मीलाई हरायो

‘ए’ डिभिजन लिग : एपीएफले आर्मीलाई हरायो

काठमाडौं । एपीएफ क्लबले नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ । च्यासल मैदानमा बुधबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले हराउँदै एपीएफले दोस्रो जित निकालेको हो ।

एपीएफको जितमा मणि कुमार लामाले निर्णायक गोल गरे ।खेलको ३७ औं मिनेटमा मणिले निर्णायक गोल गरेका हुन् । विपिन श्रेष्ठको क्रसमा  अनमार्क रहेका मणिले वान टचमा गोल गरे ।

त्यसबाहेक दुबै टोलीले थुप्रै गोलको अवसर खेर फालेका थिए । खेलको१२ औं मिनेटमा एपीएफका कप्तान नविन लामाको फ्रिकिकमा सनिश श्रेष्ठको हेडर पोस्ट माथिबाट बाहिरिएको थियो ।

१४ औं मिनेटमा आर्मीका दिनेश हेन्जनको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । खेलको २० औं मिनेटमा आर्मीका दिनेशको कर्नरमा आर्मीका विकास खवासले पेनाल्टी क्षेत्रभित्रबाट बाहिर प्रहार गरे ।

२८ औं मिनेटमा आर्मीका कप्तान भरत खवासले बाहिर प्रहार गरे । खेलको २९ औं मिनेटमा आर्मीका दिनेशको क्रसमा एपीएफका गोलकिपर संजित श्रेष्ठले रोक्न नसेको बललाई सबिन थापाले क्लियर गर्दै खतरा टारे ।

खेलको ३८ औं मिनेटमा आर्मीका कप्तान भरतले पेनाल्टी बक्स भित्रबाट प्रहार गरेको बल पोस्टको माथिबाट बाहिरिएको थियो ।

६३ औं मिनेटमा एपीएफका मणिको प्रहार पोस्टको माथिबाट बाहिरिएको थियो ।

जितसँगै एपीएफले ४ खेलमा ७ अंक जोडेको छ । आर्मीको यो पहिलो हार हो । आर्मीले ४ खेलमा ५ अंक जोडेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका