जोडिनुहोस
  • होमपेज
  • वासिमको शतकमा अन्तिम खेलमा पीएनजीको हार

वासिमको शतकमा अन्तिम खेलमा पीएनजीको हार

काठमाडौं । पपुवा न्युगिनी(पीएनजी)ले आईसीसी विश्वकप लिग टू सिरिज हारका साथ समाप्त गरेको छ । यस सिरिजको आफ्नो अन्तिम खेलमा पीएनजी युएईसँग ६ विकेटले पराजित भएको हो ।

टियु क्रिकेट मैदानमा पीएनजीले दिएको २ सय ३५ रनको लक्ष्य युएईले ३८ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो।

युएईको जितमा ओपनर तथा कप्तान मुहम्मद वासिमले ७६ बलमा १ सय १९ रनको शतकीय ईनिङ खेले । ६१ बलमा शतक पूरा गरेका वासिमले ७६ बलमा १२ छक्का र ६ चौका प्रहार गरेका थिए ।

लिग टूमा एकै ईनिङमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान समेत वासिमले आफ्नो नाम गरेका छन् । यस अघि नामिबियाका उपकप्तान जेजे स्मिथको नाममा यो कीर्तिमान रहेको थियो ।

एसोसिएट राष्ट्रको तर्फबाट एकै ईनिङमा सर्वाधिक छक्का प्रहार गर्नेमा वासिम दोस्रो स्थानमा उक्लिएका छन् । उनी भन्दा अघि रहेका अमेरिकाका जसकरण मल्होत्राले एकै ईनिङमा १६ छक्का प्रहार गरेका थिए ।

मल्होत्राले ९ सेप्टेम्बर २०२१ मा यो कीर्तिमान बनाएका थिए । वृत्य अरबिन्दले ३३ रन बनाउँदा सीपी रिजवानले अविजित २९ रन बनाए । आयान खान २७ रनमा आउट भए ।

पीएनजीका लागि राईली हेरुकेले २ तथा कबुअ मारिया र जोहन कारिकोले समान ११ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रन बनाएको हो ।

पीएनजीका लागि कप्तान असद भालाले ९२ बलमा ६५ रन बनाए । भालाले ६ चौका र १ छक्का प्रहार गरेका थिए । नर्मन भानुवाले अविजित ४९ रन बनाउँदा चाल्र्स अमिनीले ४४ बलमा २२ रन बनाए । किप्लिन डोरिगाले ६० बलमा २४ रन बनाए ।

गौडी टोकाले १५ रन बनाउँदा राईली हेरुकेले अविजित ३३ रन बनाए । युएईका लागि हर्जत बिलालले ४ तथा जावर फरिद र रोहन मुस्ताफाले समान १र१ विकेट लिए ।

जितसँगै युएईले ३५ खेलमा १५ मा जित १७ मा हार व्यहोरेको छ । युएई ३३ अंक जोडेर अंक तालिकाको छैटौं स्थानमा रहेको छ ।

पीएनजीले ३६ खेलमा ५ मा जित ३० मा हार व्यहोरेको छ । पीएनजी ११ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका