जोडिनुहोस
  • होमपेज
  • कोभिड भ्याक्सिन उत्पादनको सुविधा खारेज

कोभिड भ्याक्सिन उत्पादनको सुविधा खारेज

काठमाडौं । सरकारले कोभिडविरुद्ध भ्याक्सिन नेपालमै उत्पादन गर्न चाहाने उद्योगका लागि दिइएको सुविधा खारेज गरेको छ ।

नेपालमै कोभिडविरुद्धको भ्याक्सिन उत्पादन गर्न चाहानेका लागि आकर्षण सुविधा उपलब्ध गराइए पनि कुनै उत्पादकले चासो नदेखाएपछि सरकारले यो सुविधा खारेज गरेको हो ।

२०७८ साउन दोस्रो साता तत्कालीन सरकारले कोभिड -१९ विरुद्ध प्रयोग हुने भ्याक्सिन नेपालमै उत्पादनका लागि इच्छुक कम्पनीलाई स्वीकृति दिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्ले निर्णय गरेको राजपत्रमा सूचना प्रकाशित गरी साउन २५ गतेबाट लागु भएको सुविधा उपभोग गर्न कुनै लगानीकर्ताले रुची नदेखाएपछि उक्त व्यवस्था खारेज गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका