जोडिनुहोस
  • होमपेज
  • उइघुर महिलाहरूलाई चीनमा सरकारी पक्षबाटै दमन

उइघुर महिलाहरूलाई चीनमा सरकारी पक्षबाटै दमन

काठमाडौँ— चीनमा उइघुर महिलाहरूले सरकारको योजनामा नै दमनको सामना गरिरहेका छन् । उइघुर महिलालाई आफ्नो भाषा बोल्ने अनुमति दिएको छैन भने उनीहरुले चाहेको व्यक्तिसँग विवाह गर्न रोक लगाएको छ भने उनीहरुलाई ‘चिनियाँ एकाग्रता शिविरहरूमा जर्बजस्ती पठाउने गरेको युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पीसको अनुसन्धानमा देखिएको छ । । उइघुर पत्रकार गुलचेहरा होजाले चिनियाँ कम्युनिष्ट पार्टी सीसीपीको पूर्ण नियन्त्रणमा कुनै पनि कुरा छनौट गर्ने आफ्नो अधिकार नपाएको भएको बताएकी छन् ।

उनीहरूले आफ्नो भाषा बोल्ने वा कससँग विवाह गर्न चाहन्छन् भनेर पनि छनोट गर्न सक्दैनन्। उइगुर बालबालिकाहरूलाई पनि परिवारबाट टाढा पारिएको छ। महिला समुदायले प्रेम र शान्तिको प्रतिनिधित्व गर्ने भएकाले ती अधिनायकवादी राज्यहरूले महिलाबाट खतरा महसुस गरेको कारण धेरै शक्तिशाली र आवश्यक परे बलिदान दिन तयार रहेको उनले बताइन् । विश्व नेताहरूले चीनलाई स्वतन्त्र छानबिन गर्न र उइघुर क्षेत्रमा विदेशी पत्रकारहरूलाई अनुमति दिनुपर्ने माग गर्नुपर्छ।

उनले विश्व मञ्चमा अवसरहरू प्रदान गरेर उइघुर महिलालाई दिनुपर्ने उनले माग गरिन् । ‘मेरो जीवनमा मैले नरसंहारको साक्षी हुने कल्पना पनि गरेको थिइनँ’, उनले भनिन् । उइघुर महिलाहरू सधैं चीनको सजिलो शिकार हुन्छन्। रेडियो फ्री एशिया (आरएफए)को रिपोर्ट अनुसार उइघुर महिला आयसेमहान अब्दुल्ला दुई दशक भन्दा बढी समयदेखि, आफ्ना तीन किशोर छोराछोरीलाई स्थानीय घरमा आधारित धार्मिक विद्यालयमा पठाएकोमा जेलमा सजाय काट्दै छिन्।

त्यस्तै, उइघुर टाइम्सले भर्खरै उइघुरहरूलाई निर्मूल पार्न चिनियाँ अधिकारीहरूले उइघुरहरूलाई खुलेआम मृत्युदण्ड दिइरहेका छन् तर विश्वले चीनविरुद्ध कारबाही गरिरहेको छैन भनी रिपोर्ट गरेको छ। विश्वले उइघुरहरूले भोगेको अवस्थाको सामना गर्नुपर्ने उनले बताइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका