जोडिनुहोस
  • होमपेज
  • ‘ए’ डिभिजन लिग : पाँचौं चरण आजबाट

‘ए’ डिभिजन लिग : पाँचौं चरण आजबाट

काठमाडौं । नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आज बिहीबारबाट पाँचौं चरणका खेलहरु सुरु हुँदैछन् ।

लिगको पाँचौं चरणको पहिलो दिन बिहीबार दुई खेलहरु हुनेछन्। जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

च्यासलमा हुने खेलमा एफसी खुमलटार र रोयल ब्लु सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। ललितपुरे डर्बी भिडन्त दिउँसो २:३० बजे सुरु हुनेछ ।

आज खुमलटार तेस्रो जितको खोजीमा हुनेछ । खुमलटार ४ खेलमा ६ अंक जोडेर सातौं स्थानमा रहेको छ। सातदोबाटो तेस्रो जितको खोजीमा हुनेछ । सातदोबाटो ४ खेलमा ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

सातदोबाटो खुमलटारलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ। यस्तै एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र संकटाबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ।

हिमालयन दोस्रो जित निकाल्ने योजनामा रहेको छ । हिमालयन ४ खेलमा ४ अंक जोडेर ११ औं स्थानमा रहेको छ।

संकटा पनि दोस्रो जितको खोजीमा हुनेछ। संकटा ४ खेलमा ५ अंक जोडेर आठौं स्थानमा रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका