जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य तोलामा १ लाख ६ हजार ७ सय रुपैयाँ पुग्यो

सुनको मूल्य तोलामा १ लाख ६ हजार ७ सय रुपैयाँ पुग्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ । एकै दिन तोलामा एक हजार रुपैयाँले बढ्दै बिहीबार छापावाला सुनको मूल्य १ लाख ६ हजार ७ सय रुपैयाँ पुगेको हो । योसँगै सुनको मूल्यले गत फागुन १२ गते गतेको ऐतिहासिक रेकर्ड भेट्न लागेको छ ।

२०७९ फागुन १२ गते हालसम्मकै उच्च विन्दुमा सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्रै बढ्दै आज तोलामा १ हजार ३ सय ५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका