जोडिनुहोस
  • होमपेज
  • १५ अर्ब रुपैयाँ कर्जा सापटी दिँदै राष्ट्र बैंक

१५ अर्ब रुपैयाँ कर्जा सापटी दिँदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई १५ अर्ब रुपैयाँ बराबरको कर्जा सापटी दिने भएको छ । केन्द्रीय बैंकले बिहीबार रिपोमार्फत बजारमा तरलता प्रवाह गर्न लागेको हो ।

बिहीबार १० बजेदेखि ३ बजेसम्म जारी हुने रिपोका लागि इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आवेदन दिन सक्नेछन् । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतमका लागि ५ करोडले भाग गर्दा निःशेष भाग लाग्ने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।

१४ दिनका लागि जारी हुने रिपो आगामी चैत १६ गते परिपक्व हुनेछ । केन्द्रीय बैंकले बजारमा तरलता अभाव भएका बखत रिपोमार्फत अल्पकालिन तरलता प्रवाह गर्ने गर्छ भने अधिक तरलता भएको बेला रिभर्स रिपोमार्फत पैसा लिनेगर्छ । अहिले बजारमा तरलताको केहीँ असहजताकाबीच केन्द्रीय बैंकले रिपोमार्फत सहजीकरण गर्न लागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका