जोडिनुहोस
  • होमपेज
  • नेपालको पहिलो प्रधानन्यायाधीश जुद्ध शमशेरका छोरा : ओली

नेपालको पहिलो प्रधानन्यायाधीश जुद्ध शमशेरका छोरा : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो प्रधानन्यायाधीश जुद्ध शमशेर राणाका माहिला छोरा भएको बताएका छन् । बिहीबार कानुनका विद्यार्थीसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले कतिपयले हरिप्रसाद प्रधान पहिलो प्रधानन्यायाधीश भन्ने गरे पनि त्यो गलत रहेको बताए ।

‘नेपालको पहिलो प्रधानन्यायाधीशका लागि मोहन शमशेर र जुद्ध शमशेरका माइला छोराबीच चुनाव भयो । त्यो चुनावमा पहिलो प्रधानन्यायाधीश जुद्ध शमशेरका छोरा प्रधानन्यायाधीश चुनिए’ ओलीको भनाइ छ । २००७ सालको क्रान्तिसम्म आइपुग्दा १३ वटा अपिल कोट र ५७ वटा जिल्ला अदालत स्थापना भएको बताए ।

उनले दार्जिलिङमा वकालती पेस गरेर बसेका भारतीय नागरिक हरिप्रसाद प्रधानलाई नेपाल ल्याएर संविधान संशोधन गरेर उनलाई नै प्रधानन्यायाधीशमा नियुक्त गरेको बताए । उनले २००७ साल पछि विदेशीलाई प्रधानन्यायाधीश बनाउने काम गरिएको भन्दै त्यो काम वीपी कोइरालासँग घनिष्ठता भएकाले गैर नेपालीलाई प्रधानन्यायाधीश बनाइएको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका