जोडिनुहोस

हिमालयन र संकटाको बराबरी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा हिमालयन र संकटाले गोलरहित बराबरी खेलेका हुन् ।

प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई गोलमा परिणत गर्न सकेनन् । हिमालयनको यो दोस्रो बराबरी हो ।

यस बराबरीसँगै हिमालयनले ५ खेलमा ५ अंक जोडेर ११ औं स्थानमा रहेको छ।

संकटाको यो तेस्रो बराबरी हो । संकटाले ५ खेलमा ६ अंक जोडेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका