जोडिनुहोस
  • होमपेज
  • पहाड र तराईका केही स्थानमा हल्का वर्षाको सम्भावना

पहाड र तराईका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ— मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रवार पहाडी र तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने तथा पहाडी भू–भागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रवार राति पहाडी भूभागका थोरै स्थानमा तथा तराई भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

शनिवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहँदै पहाडी भूभागका केही स्थान तथा तराई भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका