जोडिनुहोस
  • होमपेज
  • उपराष्ट्रपति निर्वाचन : आज मतदान, आजै नतिजा

उपराष्ट्रपति निर्वाचन : आज मतदान, आजै नतिजा

काठमाडौँ— नयाँ उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान हुनेछ । मतदानका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।

उपराष्ट्रपति पदको निर्वाचनमा संघीय संसद् ९प्रतिनिधिसभा र राष्ट्रियसभा० र प्रदेशसभाका सांसदले मतदान गर्नेछन् । प्रदेशसभाका ५५० र संघीय संसद्का ३३२ मतदाता रहेका छन् । मतदाताको अन्तिम नामावलीमा नाम समावेश भइसकेपछि जनता समाजवादी पार्टी ९जसपा०की सांसद सहनाज रहमानको निधन भएको थियो ।

मतदानका लागि प्रदेश र संघीय सांसदहरूलाई छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ । उपराष्ट्रपति निर्वाचनमा एक संघीय सांसदको मतभार ७९ र एक प्रदेश सांसदको मतभार ४८ गणना हुन्छ ।

मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । उपराष्ट्रपति निर्वाचनको मतपरिणाम आजै साँझ सार्वजनिक हुने उनले बताइन् ।

“निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ,” उनले बाह्रखरीसँग भनिन्, “साँझ ६–७ बजेभित्रै परिणाम सार्वजनिक हुन्छ ।”

नयाँ उपराष्ट्रपतिका लागि चार उमेदवार छन् । नेकपा ९एमाले०बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा, जनता समाजवादी पार्टी ९जसपाबाट रामसहायप्रसाद यादव र सोही पार्टीकी प्रमिला यादवले उमेदवारी दिएका हुन् । प्रमिलाले रामसहायलाई समर्थन गर्दै उमेदवारी निष्क्रिय भएको बताएकी छन् । तर, उमेदवारी फिर्ता लिने निधारित अवधिभित्र उनले उमेदवारी फिर्ता लिएकी थिइनन् । त्यसैले मतपत्रमा उनको पनि नाम र तस्बिर हुनेछ । उमेदवारी निष्क्रिय गरेको बताएकाले मतचाहिँ नपाउन सक्छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका