जोडिनुहोस
  • होमपेज
  • ‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै

‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै

काठमाडौँ— नयाँ सिजनको सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आज शुक्रबार दुई खेलहरु हुँदैछन्।

लिगको पाँचौं चरण अन्तर्गत शुक्रबार दुई खेलहरु हुनेछन् । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

च्यासलमा हुने खेलमा चर्च ब्वाइज युनाईटेड र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। चर्च ब्वाइज र मछिन्द्रबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

आज चर्च ब्वाइज चौंथो जितको खोजीमा हुनेछ । चर्च ब्वाइज ४ खेलमा १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

चर्च ब्वाइज मछिन्द्रलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।

मछिन्द्र भने दोस्रो जितको खोजीमा हुनेछ । मछिन्द्र ४ खेलमा ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ।

यस्तै एन्फा कम्प्लेक्समा थ्री स्टार क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र जावलाखेलबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ।

थ्री स्टार आज तेस्रो जित निकाल्ने योजनामा रहेको छ । थ्री स्टार ४ खेलमा ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ।

जावलाखेल पनि तेस्रो जितको खोजीमा हुनेछ । जावलाखेल ४ खेलमा ७ अंक जोडेर चौंथो स्थानमा रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका