जोडिनुहोस
  • होमपेज
  • भोट हालेर निस्किँदै गर्दा रामसहायले भने- गठबन्धनको सर्वसम्मत उम्मेदवार मै हुँ

भोट हालेर निस्किँदै गर्दा रामसहायले भने- गठबन्धनको सर्वसम्मत उम्मेदवार मै हुँ

काठमाडौं । उपराष्ट्रपतिको चुनावी मैदानमा रहेका जसपाका रामसहायप्रसाद यादवले गठबन्धनबाट सर्वसम्मत उम्मेदवार आफू भएको बताएका छन् । जारी मतदान प्रक्रियामा भोट हालेर निस्किँदै गर्दा उनले गठबन्धनका सबै मतदाताले मत दिएर जिताउनेमा आशा जनाए ।

१० दलीय गठबन्धन भित्रैबाट उपराष्ट्रपतिमा रामसहायसहित जसपाकै प्रमिला यादव र जनमतकी ममता झाको उम्मेदवारी परेको छ । प्रमिलाले आफ्नो उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेपनि निर्धारित समयमा फिर्ता नलिएका कारण मतपत्रमा उनको पनि नाम छ । लोसपा, जनमत र नाउपाले ममतालाई अघि सारेका छन् ।

उपराष्ट्रपति उम्मेदवार यादवले उपराष्ट्रपतिमा आफू विजयी भएपछि संविधानको रक्षा र राष्ट्रिय एकताको प्रवर्द्धनमा जोड दिने प्रतिबद्धता जनाए ।

‘गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार म नै हो । अब हाम्रो पूर्ण विश्वास छ, गठबन्धनका सबै सदस्यहरूले मत दिएर मलाई जिताउनु हुनेछ । संविधानमा राष्ट्रपति/उपराष्ट्रपतिको काम कारबाहीको बारेमा उल्लेख गरिएको छ । राष्ट्रिय एकताको प्रवर्द्धन र संविधानको रक्षा गर्नेछु ‘, यादवले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका