जोडिनुहोस
  • होमपेज
  • ट्वीटर एकाउण्ट ह्याकबारे अनुसन्धान गर्न प्रहरीलाई प्रधानमन्त्री कार्यालयको पत्र

ट्वीटर एकाउण्ट ह्याकबारे अनुसन्धान गर्न प्रहरीलाई प्रधानमन्त्री कार्यालयको पत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउण्ट ह्याक भएको सम्बन्धमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई औपचारिक रुपमा आग्रह गरेको छ ।

शुक्रबार प्रहरी महानिरीक्षकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्यालयले पत्र लेखेको हो । जहाँ ‘उक्त घटना के कसरी हुन गएको र अब उप्रान्त त्यस्ता कार्यहरु हुन नदिन अपनाउनुपर्ने सावधानी र उपाय सहितको विस्तृत अध्ययन प्रतिवेदन पेश गर्न’ भनिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार बिहीबार ट्वीटर एकाउण्ट ‘पिएमओ नेपालमा अनाधिकृत रुपमा प्रवेश गरी असम्बन्धित ट्विटहरु’ भएको थियो ।

तर, बिहीबार नै ह्याक भएको उक्त ट्वीटर एकाउन्ट पुनः सञ्चालनमा ल्याइएको अधिकारीहरु बताउँछन् ।

टू एफए लगायतका सुरक्षा उपाय अपनाउँदा समेत अनधिकृत प्रवेश भएकाले त्यसबारे विस्तृत छानबिन गर्नका लागि प्रही प्रधान कार्यालयलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पत्र लेखेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका