जोडिनुहोस
  • होमपेज
  • भारतमा आगलागी हुँदा ६ जनाको मृत्यु

भारतमा आगलागी हुँदा ६ जनाको मृत्यु

नयाँ दिल्ली । दक्षिण भारतीय सहर हैदरावादमा बहु-तले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु हुनाका साथै अन्य छ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार सहरको सिकन्दराबाद क्षेत्रमा बिहीबार साँझ आगलागी भएको हो ।

“आगलागीमा दुई पुरुष र चार महिला गरी छ जनाको मृत्यु भएको छ,” एक प्रहरी अधिकारीले भनेका छन्। त्यस्तै अन्य ६ जनाको अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइते ६ जना मध्ये चार जनाले आगोबाट बच्न कम्प्लेक्सबाट हाम फालेका थिए ।

आगलागी नियन्त्रणका लागि १२ वटा दमकल घटनास्थलमा पुगेको र शुक्रबार बिहानसम्म आगो निभाउने कार्य जारी रहेको बताइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा विद्युत् प्रवाहमा समस्या उत्पन्न हुँदा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका