जोडिनुहोस
  • होमपेज
  • सार्वभौम सत्तासम्पन्न राष्ट्रविरुद्ध बोल्ने छुट कसैलाई छैन : केपी ओली

सार्वभौम सत्तासम्पन्न राष्ट्रविरुद्ध बोल्ने छुट कसैलाई छैन : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वभौमसत्ता मुलुकविरुद्ध कोही बोल्दै र चम्कँदै हिँड्छ भने जनताले त्यसै नछोड्ने चेतावनी दिएका छन् । शुक्रबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको ११ औं महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सत्ता गठबन्धनका नेताहरुतर्फ लक्षित गर्दै सार्वभौम सत्ता सम्पन्न राष्ट्रविरुद्ध बोल्ने कसैलाई छुट नभएको बताए ।

‘सार्वभौम सत्ता सम्पन्न राष्ट्र राख्नुभन्दा विदेशीलाई सुम्पिदियो भने साग सस्तो पाइन्छ, साइकल सस्तो पाइन्छ । किन यो देश राख्ने भन्छ’, उनले यस्तो भनेको सरकारले सुनेको छ कि छैन भन्दै प्रश्न गरे ।

‘यो देशको सन्तान पनि भन्न नसुहाउने देशद्रोही कुरा गरेर मान्छे हिँडिरहेको छ । सरकारले लगाएको कि नलगाएको सरकार सुन्छ कि सुन्दैन ?’, ओलीले प्रश्न गर्दै भने, ‘यहीँ प्रचारको जनताले प्रतिवाद गर्न नपरोस् । शान्ति सुव्यवस्था कायम गर्न सरकारले ध्यान देओस्, होइनभने जनताले प्रतिवाद गर्छ ।’

उनले राष्ट्रियताका विरुद्ध, राष्ट्रको अस्तित्वको विरुद्ध र राष्ट्रको सार्वभौमसत्ताविरुद्ध कोही चम्कँदै हिँड्छ भने कुनै बैंकका डिफल्टर हुन् कि जोसुकै हुन् जनताले सहन नसक्ने बताए ।

‘लडेर बनाएको र बचाएको देश हो यो । यस देशको हावा र पानी खाएर, देशको सास फेरेर जन्मिएको मान्छे कसरी बोल्न सक्छ कि यो देश अर्कालाई जिम्मा लगाइदिऊ ?’,ओलीको प्रश्न छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका