जोडिनुहोस
  • होमपेज
  • स्कुल बसको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

स्कुल बसको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

वीरगञ्ज। बाराको कलैयामा शुक्रबार बिहान स्कुल बसको ठक्कर ३ वर्षीय बालकको मृत्यु भएको छ ।

कलैया उपमहानगरपालिका-१ मोतीबागका विनोद साह सोनारका छोरा तीन बर्षीय कार्तिक साह सोनारको मृत्यु भएको हो ।

वीरगञ्ज स्थित गुरुकुल एकेडमीको ना २ ख ४२१० नम्बरको बसको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका