जोडिनुहोस
शुक्रबार, फाल्गुन ११, २०८०
शुक्रबार, फाल्गुन ११, २०८०
  • होमपेज
  • मौसमः तीन प्रदेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

मौसमः तीन प्रदेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागमा हल्का वर्षा भइरहेको छ ।

आज (शनिबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू–भागका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानमा चट्याङ्ग र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति कोशी, मधेस र बागमती प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि पनि पहाडी तथा तराईका केही क्षेत्रमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका