जोडिनुहोस
  • होमपेज
  • ‘ए’ डिभिजन लिग : तीन खेल हुँदै

‘ए’ डिभिजन लिग : तीन खेल हुँदै

काठमाडौं । नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आज शनिबार तीन खेलहरु हुँदैछन्।

लिगको पाँचौं चरणको अन्तिम तीन खेलहरु शनिबार हुनेछन् । जसमा एक खेल च्यासल मैदान र दुई खेल दशरथ रंगशालामा हुनेछ ।

च्यासलमा हुने खेलमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। फ्रेन्ड्स र आर्मीबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

आज फ्रेन्ड्स दोस्रो जितको खोजीमा हुनेछ । फ्रेन्ड्स ४ खेलमा ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ।

आर्मी पनि दोस्रो जितको योजनामा हुनेछ । आर्मी ४ खेलमा ५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र एनआरटीबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

पुलिस पहिलो जितको खोजीमा हुनेछ । पुलिस ४ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।

एनआरटी पनि पहिलो जितको योजनामा हुनेछ । एनआरटी ४ खेलमा १ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र एपीएफबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

मनाङ आज तेस्रो जितको योजनामा हुनेछ । मनाङ ४ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

एपीएफ पनि तेस्रो जितको योजनामा रहेको छ । एपीएफ ४ खेलमा ७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका