जोडिनुहोस
शुक्रबार, फाल्गुन ११, २०८०
शुक्रबार, फाल्गुन ११, २०८०
  • होमपेज
  • चलचित्र कलाकार संघको अध्यक्ष मोहन निरौला निर्वाचित

चलचित्र कलाकार संघको अध्यक्ष मोहन निरौला निर्वाचित

काठमाडौँ— नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा मोहन निरौला निर्वाचित भएका छन् ।

शनिबार काठमाडौँमा भएको निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतान्तरले हराउँदै उनी विजयी भएका हुन् । मोहनको पक्षमा २३५ मत खस्दा रेजिनाले २०९ मत प्राप्त गरेकी थिइन् ।निर्वाचनमा कूल ४६८ मत खसेको थियो ।

त्यस्तै, महासचिवमा सविन श्रेष्ठ र उपाध्यक्षमा कविता गेलाल र शिवहरि बैरागी विजयी भए। यसैगरी, सचिवमा रामेश्वर बुर्लाकोटी र कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भए । सहकोषाध्यक्ष पदमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छन् ।

पदाधिकारीमा निर्वाचित हुनेमा रेजिना प्यानलका बैरागीबाहेक अरु सबै निरौला प्यानलका हुन् ।

सदस्यमा शितल केसी सर्वाधिक ३०२ मतसहित विजयी हुनुभएको छ । अघिल्लो निर्वाचनमा पनि उहाँ सदस्यमा विजयी हुनुभएको थियो । सदस्यहरूमा गोपाल ढकाल ‘छन्दे’ (२८७), उद्दवप्रसाद भट्टराई (२११), पवन केसी (२०२), नम्रता खरेल (१८७), पुकार भट्टराई (१८२), खुश्बु खड्का (१७७), सरिता राधोपाध्याय (१४६), रोशन श्रेष्ठ (१३५) र समीर लामा (१३३) विजयी भएका छन्

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका