जोडिनुहोस
  • होमपेज
  • ग्वार्कोमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु

ग्वार्कोमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु

ललितपुर । ललितपुरको ग्वार्को चोकमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मोटरसाइकलले ठक्कर दिएपछि मृत्यु साइकल यात्री ललितपुरको बाफल बस्ने काभ्रेपलान्चोकको धुनखर्क गाउँपालिका घर भएका ३४ वर्षीय बुद्ध तिमिल्सिनाको मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका उनको उपचारको क्रममा ग्वार्को स्थित बी एण्ड बी अस्पतालमा निधन भएको हो । घाइते भएका मोटरसाइकलका चालक धादिङको धुनिबेंसी नगरपालिका ७ घर भएका ३८ वर्षीय तुलसीराम गिरीको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टर उपचार भइरहेको छ । बागमती प्रदेश ०२–००१ ब २२४७ नम्बरको मोटरसाइकलले साईकललाई ठक्कर दिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका