जोडिनुहोस
  • होमपेज
  • नसरको जितमा रोनाल्डोको गोल

खेलकुद

नसरको जितमा रोनाल्डोको गोल

नसरको जितमा रोनाल्डोको गोल

काठमाडौं । क्रिस्टियानो रोनाल्डो आबद्द अल नसरले साउदी प्रो लिग फुटबलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा नसरले अभालाई २-१ गोल अन्तरले हराएको हो ।

खेलको २६ औं मिनेटमा अब्दुलफताह मोहमदले गोल गर्दै अभालाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ७८ औं मिनेटमा रोनाल्डोले फ्रिकिकमार्फत गोल गर्दै नसरलाई १-१ गोलको बराबरीमा ल्याए ।

८० औं मिनेटमा जाकारिया सुडानीले रातो कार्ड पाएपछि अभा १० खेलाडीमा समेटिएको थियो । त्यसपछि खेलको ८६ औं मिनेटमा टेलिस्काले पेनाल्टीमार्फत गोल गर्दै नसरलाई २-१ को जित दिलाए ।

जितसँगै नसरले २१ खेलमा ४९ अंक जोडेको छ । नसर दोस्रो स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका