जोडिनुहोस
  • होमपेज
  • कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक जारी

कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेबारे छलफल गर्न नेपाली बैठक बसेको हो ।

नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले सोमबारको संसद बैठकमा विश्वासको मत लिन लागेका छन् ।

त्यसबारे छलफल गर्न आज नै कांग्रेसको संसदीय दलको बैठक पनि बस्दैछ । कार्य सम्पादन समितिको बैठक सिकए लगत्तै संसदीय दलको बैठक बस्ने कांग्रेसले जनाएको छ ।

आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । यही बैठकबाट कांग्रेस सत्ता पक्षको बेन्चमा र नेकपा एमाले प्रतिपक्षीको बेन्चमा सर्ने तयारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका