जोडिनुहोस
  • होमपेज
  • चैत २८ गते देखि बैशाख ६ गतेसम्म गौरादहमा फुड फेस्टिवल हुदैँ

चैत २८ गते देखि बैशाख ६ गतेसम्म गौरादहमा फुड फेस्टिवल हुदैँ

झापाको गौरादहमा पहिलोपटक चैत २८ गते देखि बैशाख ६ गतेसम्म फुड फेस्टिवल आयोजना हुने भएको छ । गौरादह –२ स्थित सहिदगेट नजिक आयोजना हुने फेस्टिवलमा राष्ट्रिय चर्चित कलाकारहरुको दैनिक प्रस्तुति रहने कार्यक्रम आयोजक लायन्स क्लबले जनाएको छ ।

गौरादहमा निर्माणाधिन लायन्स चिल्ड्रेन पार्कलाई आर्थिक सहयोग जुटाउने उद्धेश्यले फेस्टिवल गर्न लागिएको आयोजक लाइन्स क्लवका चार्टर प्रेसिडेन्ट तिलक खनालले जानकारी दिएका छन् ।

फेस्टिवलले स्थानीय जातजातिय खानाको परिकारको प्रर्वधन गर्नेमा समेत आयोजक विश्वस्त छ । फेस्टिवलमा स्थानीय नेवार, धिमाल, संथाल लगायतका विभिन्न जातजातीका खानाका परिकार मुख्य आर्कषण रहने छ आयोजक संस्थाका प्रेसिडेन्ट श्याम दाहालले जानकारी गराएका छन्।

जातिय खानाको स्टलका लागि कुनै शुल्क नलाग्ने तर स्थानिय होटलहरुले स्टल राख्न चाहेमा निर्धारित शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । फेस्टिबलमा स्थानिय स्तरमा उत्पादन भएका कृषि तथा घरेलु उत्पादनका साथै हस्तकलाका सामाग्रीहरुको समेत प्रदर्शन हुने फेस्टिबल ईभेन्ट म्यानेजर समिर नेपालले जानकारी दिएका छन् । फेस्टिवलमा बालबालिका तथा वयस्कहरुको मनोरञ्जन कालागी खेल, तमासाहरु समेत राखिने छ ।

कार्यक्रममा गौरादहका स्थानिय तथा चर्चित राष्ट्रिय कलाकार सिताराम ताजपुरीयालाई सम्मान गरिने कार्यक्रम छ । यस्तै फेस्टिवल गायक प्रमोद खरेल, शिव परियार, मेलिना राई, रचना रिमाल, मिलन नेवार, एलिना चौहान, आशिष राना (लाहुरे), ज्योती मगर, सिर्जना खत्री र हाँस्य कलाकार सुमन कार्कीको सांगितिक र हास्य प्रस्तुती रहने फेस्टिवल संयोजक किशोर केसीले बताएका छन् ।

फेस्टिवलमा करीब ५० लाखको कारोवार हुने अनुमान गरिएको छ । गौरादहमा पहिलो पटक गर्न लागिएको फुड फेस्टिवलको अनुभवका आधारमा आगामी बर्षहरुमा निरन्तरता दिईने आयोजकले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका