जोडिनुहोस
  • होमपेज
  • कांग्रेस आजदेखि सत्ता पक्षको बेन्चमा बस्ने

कांग्रेस आजदेखि सत्ता पक्षको बेन्चमा बस्ने

काठमाडौँ । नेपाली कांग्रेस आजबाट सत्ता पक्षको बेन्चमा बस्ने भएको छ । पुस २५ गतेबाट सुरु भएको संसद् अधिवेशनमा यसअघि कांग्रेस प्रमुख प्रतिपक्षीको बेन्चमा बसेको थियो ।

सङ्घीय संसद् भवनको शङ्कर हलमा आइतबार विहान बसेको कार्यसम्पादन समितिको बैठकले सरकारमा जाने निर्णय गरेसँग संसदमा कांग्रेस सत्ता पक्षको बेन्चमा बस्ने भएको हो । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सत्ता पक्षको बेन्चमा बस्ने बताए । यसअघि संसदमा कांग्रेस र एमालेले प्रमुख प्रतिपक्षी दाबी गर्दा संसद् बैठक प्रभावित भएको थियो । फागुन १७ गतेका लागि बोलाइएको संसद् बैठकमा कांग्रेस र एमाले दुवैको प्रमुख विपक्षीको दाबी थियो ।

सरकारमा जाने निर्णय गरेर कांग्रेस सत्ता पक्षको बेन्चमा बसेपछि एमालेलाई प्रमुख प्रतिपक्षीको बेन्चेमा बस्न बाटो खुला भएको छ । गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमै बसेको थियो ।

राष्ट्रपति निर्वाचनमा पुस १० को सत्ता समीकरणमा फेरबदल आएपछि एमाले विपक्षी कित्तामा पुगेको छ । प्रचण्ड नेतृत्वको सरकारबाट मन्त्री फिर्ता बोलाएर एमालेले समर्थन पनि फिर्ता लिइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका