जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीलाई विश्वासको मत दिन कांग्रेसको ह्वीप

प्रधानमन्त्रीलाई विश्वासको मत दिन कांग्रेसको ह्वीप

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन पार्टी सांसदहरूलाई ह्वीप जारी गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनले भने, ‘भोलि प्रतिनिधिसभामा प्रधानमन्त्रीज्यूले विश्वासको मतको लागि प्रस्ताव गर्ने कार्यक्रम छ । कांग्रेस प्रधानमन्त्रीको प्रस्तावको पक्षमा मतदान गर्छ । त्यहीअनुसार कांग्रेस संसदीय दलले ह्वीप जारी गर्छ ।’

यस्तै, बैठकले राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव र विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली क्रिकेट टीमलाई बधाई दिएको उनको भनाई छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका