जोडिनुहोस
  • होमपेज
  • एकीकृत समाजवादीको महासचिवमा घनश्याम भूसाल मनोनीत

एकीकृत समाजवादीको महासचिवमा घनश्याम भूसाल मनोनीत

काठमाडौं । एकीकृत समाजवादीको महासचिवमा घनश्याम भूसाल मनोनीत भएका छन् । आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले भूसाललाई महासचिव मनोनीत गरेको हो । हालसम्म महासचिव रहेका बेदुराम भूसाललाई भने उपाध्यक्ष मनोनीत गरिएको छ ।

४ मंसिरको प्रतिनिधिसभा सदस्य निर्वाचनअघि घनश्याम भूसाल गत २९ पुसमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । त्यतिबेला उनी सचिवालय सदस्य बनेका थिए ।

यस्तै उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका