जोडिनुहोस
  • होमपेज
  • कोशी नामकरणविरुद्ध उत्रिएका पहिचानवादी र प्रहरीबीच झडप, विराटनगर तनावग्रस्त

कोशी नामकरणविरुद्ध उत्रिएका पहिचानवादी र प्रहरीबीच झडप, विराटनगर तनावग्रस्त

विराटनगर । प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने मुख्य माग लिएर विराटनगरमा भएको प्रदर्शनका क्रममा स्थानीय प्रशासनले घोषणा गरेको निषेधित क्षेत्रमा प्रदर्शनकारी प्रवेश गरेका छन् । त्यसक्रममा प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको थियो । त्यसको विरुद्धमा आक्रोशित भएका प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दहन गर्दै चर्को नाराबाजी समेत गरेका छन् । उनीहरुले एमालेको विरुद्धमा पनि नाराबाजी गरेका छन् ।

प्रदेश नं.१ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय छेउ रोड शेषमा प्रदर्शनकारी पुगेका थिए । जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो ।

उक्त क्षेत्रमा प्रदर्शनकारी जान खोजेपछि अश्रुग्याँस प्रहार गरिएको प्रहरीको दाबी छ । सो क्रममा केही राउन्ड हवाई फायर समेत भएको प्रदर्शनमा सहभागीले बताएका छन् । तर, अहिले स्थानीय प्रशासनले घोषणा गरेको निषेधित क्षेत्रमै प्रदर्शनकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दहन गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका