जोडिनुहोस
  • होमपेज
  • मलावीमा चक्रवात फ्रेडीबाट चार सय ४७ जनाको मृत्यु, साढे तीन लाखभन्दा बढी विस्थापित

मलावीमा चक्रवात फ्रेडीबाट चार सय ४७ जनाको मृत्यु, साढे तीन लाखभन्दा बढी विस्थापित

दक्षिण मलावीमा भीषण चक्रवात फ्रेडीबाट चार सय ४७ जनाको मृत्यु भएको छभने तीन लाख ६२ हजार नौ सय २८ जना विस्थापित भएका छन् । आँधीबाट देशको राजधानी ब्लान्टायरमा व्यापक क्षति भएको छ । राजधानीका धेरै घर पहिरामा पुरिएका छन् । आँधी प्रभावित क्षेत्रका पुल र सडक भत्किएका छन् ।

मालवीको विपद् व्यवस्थापन विभागका अनुसार चक्रवातमा परी नौ सय १८ जना घाइते भएका छन्भने दुई सय ८२ जना हराइरहेका छन् । देशको सुरक्षा बल, प्रहरी र उद्धारकर्मीको टोलीले खोज तथा उद्धारलाई जारी राखेका छन् । सडक सम्पर्कबाट विच्छेद भएका स्थानमा हवाई सेवामार्फत राहत सामग्री, औषधिका साथै उद्धारकर्मी पुर्याइएको छ ।

चक्रवातबाट अधिक प्रभावित जोम्बा र माचिन्गाको भ्रमणपछि शनिबार साँझ टेलिभिजनबाट देशवासीलाई सम्बोधन गर्दै मलावीका राष्ट्रपति लाजरस चकवेराले पीडितहरूलाई सघाउन आफूले आग्रह गरेपछि केही विदेशी नियोग, सरकार, स्थानीय एवम् अन्तरराष्ट्रिय संस्था, कम्पनी र व्यक्तिले सक्दो सहयोग गरेका बताए । साथै उनले सबै दाताप्रति आभार पनि व्यक्त गरे। चक्रवात प्रभावित क्षेत्रको अवस्था भयावह रहेको उल्लेख गर्दै उनले थप सहायताका निम्ति अपिल पनि गरे ।

चक्रवात क्रमशः कमजोर हुँदै गएको जनाए पनि देशको दक्षिणी भागमा भारी वर्षा हुने चेतावनी दिएको छ । बाढीपहिरोको जोखिम बढेको जनाउँदै रक्षा मन्त्रालयले सतर्कता अपनाउन देशवासीलाई आग्रह गरेको छ ।

यसैबीच, मलावीको शिक्षा मन्त्रालयले यो महिनाको अन्त्यसम्म विद्यालय बन्द गर्ने घोषणा गरेको छ । विस्थापित परिवारलाई विद्यालयमा व्यवस्थापन गरिएकाले पठनपाठन स्थगन गरिएको उक्त मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका