जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री दाहालले आज दोस्रो पटक विश्वासको मत लिँदै

प्रधानमन्त्री दाहालले आज दोस्रो पटक विश्वासको मत लिँदै

काठमाडौँ— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन्। त्यसका लागि पत्र दर्ता गराएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए।

‘संसद् सचिवालयमा पत्र दर्ता भएको छ। चैत ६ गते विश्वासको मत लिने कार्यसूची हुन्छ’, गिरीले भने। प्रधानमन्त्रीले विश्वासको मत लिने एजेन्डा चैत ६ गतेको कार्यसूचीमा समावेश गरिदिन भन्दै बिहीबार पत्र पठाएको गिरीले बताए।

गत पुस १० गते प्रधानमन्त्री बनेका दाहालले पुस २६ मा विश्वासको मत लिएका थिए। तर, राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई साथ दिने भएपछि एमालेले फागुन १५ गते समर्थन फिर्ता लिँदै सरकार छाडेको थियो। राप्रपा त्यसको दुई दिनअघि सरकारबाट बाहिरिएको थियो।

१० दलीय गठबन्धनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने समझदारी गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको गठबन्धनको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने समझदारी गरेको हो।

१० दलीय गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र आम जनता पार्टी छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका