जोडिनुहोस
  • होमपेज
  • फागुन महिनामा ७ अर्ब लगानी प्रस्ताव

फागुन महिनामा ७ अर्ब लगानी प्रस्ताव

काठमाडौँ । फागुन महिनामा ७ अर्ब ३० करोड रुपैयाँ लगानीको प्रस्ताव आएको उद्योग विभागले जानकारी दिएको छ । विभागले फागुन महिनासम्मको तथ्याङ्क सार्वजनिक गर्दै १९ वटा उद्योगमा ७ अर्ब भन्दा धेरैको लगानी प्रस्ताव आएको जानकारी दिएको हो ।

यो महिनामा स्वदेशी तथा विदेशी समेत गरी कूल १९ वटा उद्योग तथा कम्पनीमा लगानी प्रस्ताव आएको छ । यी उद्योग तथा कम्पनीहरू नेपालमा स्थापना तथा सञ्चालन भएमा कूल १ हजार ७११ जनाले रोजगारी पाउनेछन् ।

यस्तै, चालू आर्थिक वर्ष २०७९÷८० को साउनदेखि फागुन महिनासम्म कूल १८३ वटा उद्योग तथा कम्पनीमा लगानीको प्रस्ताव आएको छ । यी उद्योग तथा कम्पनीमा कूल १ खर्ब ५५ अर्ब रुपैयाँ लगानी प्रस्ताव आएको विभागले जनाएको छ ।

यो प्रस्तावअनुसार नेपालमा उद्योग स्थापना भएमा १२ हजार ७४८ जनाले रोजगारी पाउनेछन् । यस्तै, चालू आर्थिक वर्षको साउन–फागुन महिनाको अवधिमा कूल ४३ वटा प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) सम्पन्न भएको छ भने फागुन महिनामा ६ वटा आईईई भएको विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका