जोडिनुहोस
  • होमपेज
  • पारस आबद्ध लायन्स उपाधीका लागि खेल्दै

पारस आबद्ध लायन्स उपाधीका लागि खेल्दै

काठमाडौं । कतारमा जारी रहेको लिजेन्डस् क्रिकेट लिगको फाइनल खेल आज सोमबार हुदैछ ।

लिगको फाइनल खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आबद्ध एसीयन लायन्स र वल्र्ड जायन्ट्स बीचमा खेल हुदैछ ।

खेल कतारको दोहा स्थित वेस्ट इन्ड पार्क क्रिकेट मैदानमा बेलुका सवा ८ मा सुरु हुनेछ ।

इलिमिनेटर खेलमा इन्डियन महाराजलाई पराजित गर्दै एसिया लायन्सले फाइनलमा स्थान बनाएको हो । वल्र्ड जायन्ट्स भने समूह चरणको शीर्ष स्थानमा रहँदै फाईनल प्रवेश गरिसकेको छ ।

समूह चरणको दुई खेलमा लायन्स र जायन्ट्सबीचको खेलमा १ खेलमा लायन्स तथा १ खेलमा जायन्ट्स विजयी भएका थिए।

ईलिमिनेटर खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले प्लेईङ-११ मा मौका पाएका थिए । त्यस खेलमा पारसले बलिङ र ब्याटिङको कुनै अवसर पाएनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका