जोडिनुहोस
  • होमपेज
  • अमेरिकाको मियामी सहरमा हिंसाका घटना बढेपछि सङ्कटकाल र कर्फ्यु

अमेरिकाको मियामी सहरमा हिंसाका घटना बढेपछि सङ्कटकाल र कर्फ्यु

वासिङटन । अमेरिकाको फ्लोरिडा राज्यको एक सहरमा हिंसाका घटना बढेपछि कर्फ्यु आदेश जारी गरिएको छ । सो राज्यको एक सहर मियामी बीचमा सो आदेश जारी गरिएको अधिकारीहरुले जनाएका छन् । सो सहरमा केही दिनयतादेखि गोली प्रहारका घट्ना बढेका छन् ।

आइतबार यहाँ कफ्र्यु आदेश जारी गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार सो आदेशअनुसार यहाँका नागरिक रातिको समयमा बाहिर निस्कन पाउने छैनन् ।

यो आदेश अर्काे सोमबारसम्मका लागि जारी गरिएको सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

सो सहरमा शुक्रबार राति एकजनाको गोली हानी हत्या गरिएको थियो भने अर्का एकजना सर्वसाधारण घाइते भएका थिए । त्यसैगरी आइतबार बिहान पनि यहाँ गोली हानेर अर्का एकजनाको हत्या गरिएको छ । ती हत्यामा संलग्न भएकाहरुको खोजी जारी रहेको तर पक्राउ भने नपरेका बताइएको छ ।

दक्षिणी फ्लोरिडाको सो सहरमा हिंसाका घटना बढेपछि छोटो समयका लागि सङ्कटकाल लगाउनुपरेको सो सहरका मेयरले भिडियो सन्देशमार्फत् जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका