जोडिनुहोस
  • होमपेज
  • गाँजा र भारतीय नोटसहित भारतीय युवक पक्राउ

गाँजा र भारतीय नोटसहित भारतीय युवक पक्राउ

सर्लाही । सर्लाहीको विष्णु गाउँपालिका-५ फेन्हराबाट एक युवक गाँजा र भारतीय रुपैयाँसहित पक्राउ परेका छन् । ४ किलोग्राम गाँजा र १२ हजार भारतीय रुपैयाँसहित भारत सितामढी सुपी थाना मोहनी मण्डल पोष्ट मोहनी मण्डल ग्राम-५ बस्ने २७ वर्षीय ईन्द्रजित कुमार यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय फेन्हरा र बीओपी फेन्हराबाट खटिएको संयुक्त प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका