जोडिनुहोस
  • होमपेज
  • भारत अन्तर्राष्ट्रिय उड्डयन हब बनेपछि भुटानलाई फाइदा

भारत अन्तर्राष्ट्रिय उड्डयन हब बनेपछि भुटानलाई फाइदा

थिम्पु— भारत एक प्रमुख अन्तर्राष्ट्रिय उड्डयन हब बनेपछि भुटानलाई थप फाइदा हुने भुटान लाइभले लेखेको छ । एयर इन्डियाको महामारीका कारण भएको नोक्सानीलाई हटाउन टाटा समूहले एयरबस र बोइङबाट ४७० वटा विमान खरिद गर्ने भएको छ।

बोइङसँग ३४ अर्ब अमेरिकी डलर र एयरबसको करिब ३५ अर्ब अमेरिकी डलरको सम्झौता भएको छ । यो सम्पूर्ण सम्झौता व्यावसायिक उड्डयन इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो हो। योसँगै भारत चाँडै नै उड्डयन हब बन्न गइरहेको छ ।

भारतमा २०२२ मा हवाईयात्रुहरूको संख्या २०२१ को तुलनामा ४७ प्रतिशत बढेर १२३ मिलियन पुगेको छ । यो तथ्यांक नागरिक उड्डयन महानिर्देशनालयले सार्वजनिक गरेको हो ।

एयरपोर्ट, हेलीपोर्ट, वाटर एरोड्रोम र उन्नत ल्यान्डिङ ग्राउन्डजस्ता १०० असुरक्षित र अयोग्य अवतरण साइटहरूलाई सन् २०२४ सम्ममा पुननिर्माण वा विकास गर्ने भारतको योजना रहेको छ ।

विगत ८ वर्षमा भारतमा एयरपोर्टको संख्या ७४ बाट १४७ पुगेको छ। निकट भविष्यमा भारत विश्वको तेस्रो ठूलो नागरिक उड्डयन बजार बन्नेछ,” प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन् ।

भुटान लाइभले रिपोर्ट अनुसार भारतको उड्डयन क्षेत्रको प्रगतीले भुटान, नेपाल, बंगलादेश, आदि जस्ता निकटका छिमेकीहरूलाई फाइदा पुर्‍याउनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका