जोडिनुहोस
  • होमपेज
  • दुई महिनामै विश्वासको मत लिने परिस्थितिमा हामी खुसी हुन सक्दैनौं : सिके राउत

दुई महिनामै विश्वासको मत लिने परिस्थितिमा हामी खुसी हुन सक्दैनौं : सिके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले दुई महिनामै प्रधानमन्त्रीले पुनः विश्वासको मत लिने परिस्थितिमा खुसी हुन सकिने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावमाथि बोल्दै उनले भने, ‘दुई महिनामा विश्वासको मत लिने परिस्थितिदेशको स्थिरताका लागि यो राम्रो होइन । यस्तो परिस्थिति पटक पटक नआओस् । यो अवसरमा हामी खुसी हुन सक्दैनौं ।’

सिद्धान्त नमिलेका दलहरु एक ठाउँमा आइदिँदा यो परिस्थिति सिर्जना भएको उनको भनाइ छ । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि प्रधानमन्त्रीलाई पुनः विश्वासको मत दिने बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि हामीले पहिले पनि सम्माननीय प्रधानमन्त्रीजीलाई विश्वासको मत दिएका थियौं । आज पनि हाम्रो जनमत पार्टीले लोकतन्त्र, संघीयता र गणतन्त्रको रक्षाका लागि सम्माननीय प्रधानमन्त्रीजीलाई विश्वासको मत दिनेछ ।’

आफूले जन्माएको बच्चाप्रति बाआमाको ठूलो प्रेम हुन्छ भन्दै संघीयता, गणतन्त्रको रक्षा गर्न प्रधानमन्त्री प्रचण्ड सधैं लाग्ने राउतको विश्वास छ ।

उनले भने, ‘एक दुई वटा विषयमा हाम्रो असहमति भएपनि गठबन्धन छाडिहाल्नुपर्छ भन्ने पक्षमा हाम्रो पार्टी छैन । हाम्रो पार्टी देश र शासनको स्थायित्वको पक्षमा छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका