जोडिनुहोस
  • होमपेज
  • तनहुँ-१ र बारा-२ मा १० वैशाखमै उपचुनाव गर्ने निर्णय

तनहुँ-१ र बारा-२ मा १० वैशाखमै उपचुनाव गर्ने निर्णय

काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र-१ र बारा-२ मा पनि १० वैशाखमा उपचुनाव हुने भएको छ । तनहुँ १ का सांसद रामचन्द्र पौडल २५ फागुनमा राष्ट्रपति र बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव ३ चैतमा उपराष्ट्रपति निर्वाचित भएका थिए ।

नेपालको संविधानको धारा ६२ को उपधारा (६) र धारा ६७ को उपधारा (३) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्था छ ।

रिक्त भएको दुबै क्षेत्रमा १० वैशाखमै उपचुनाव गर्ने निर्णय निर्वाचन आयोगको सोमबार बसेको बैठकले गरेको छ ।

१० वैशाखमा चितवन-२ मा पनि उपचुनाव हुँदैछ । चितवन-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद भने नागरिकता विवादमा १३ माघमा सर्वोच्च अदालतले खारेज गरेको थियो ।

आयोगका अनुसार दुवै क्षेत्रमा चितवनकै उपनिर्वाचनका लागि आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रम लागू गरिनेछ । आयोगका अनुसार तनहुँ-१ र बारा-२ को उपचुनावका लागि ८ देखि चैत १२ गतेसम्म दल दर्ताको समय दिइनेछ ।

१६ चैतमा मतदाता नामावली प्रकाशन हुनेछ भने २० गते उम्मेदवारी दर्ता हुनेछ । दाबी विरोधलगायतका प्रक्रिया पूरा गरेर २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका