जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सत्तापक्षको बेन्चमा बस्ने निर्णय गरेका छौं : शरदसिंह भण्डारी

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सत्तापक्षको बेन्चमा बस्ने निर्णय गरेका छौं : शरदसिंह भण्डारी

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद शरदसिंह भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सत्तापक्षको बेन्चमा बस्ने निर्णय गरेको बताए । संसदमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिने बैठकलाई सम्बोधन गर्दै भण्डारीले अरु दललाई समेत विश्वासको मत दिन आग्रह गरे ।

‘हामीले हिजोपनि विश्वासको मत दिएकै थियौं । यो विश्वासको मतको निरन्तरता छ भन्ने जानकारी गराउन चाहन्छु । प्रधानमन्त्री ज्यूलाई विगतमा विश्वासको मत दिने बेला विश्वासको मत दिएर विपक्षको बेन्चमा बसेका थियौं’ भण्डारीले भने, ‘अब विश्वासको मत दिने निर्णय गरेर सत्तापक्षको बेन्चमा बस्न चाहेका छौं ।’

पाँच दलीय गठबन्धन बनाएर चुनावमा गएर अनुमोदन भएपनि सरकार बन्न नसक्दा धेरै ठुला समस्या भोग्नु परेको भण्डारीले बताए । अब अहिलेको गठबन्धन बनेपछि धेरै जनताको पक्षमा काम गर्न सकिने बताए ।

‘निर्वाचनका सबै प्रक्रिया पुरा भएको छ । राजनीतिक एउटा कोर्ष पुरा भएको छ ’ भण्डारीले भने, ‘राजनीतिक चुरको समस्या समाधान भएको छैन । विस्तृत शान्ति सम्झौतका कामहरु पुरा भएका छैनन् । यो समस्या समाधान हुने बाटोमा गएको छ । मधेस आन्दोलन,थरुहट आन्दोलनका राजबन्दी जतिसुकै चाँडो व्यवस्थापन गरेर समाधान खोजिनुपर्छ ।’ अहिलेको आर्थिक संकट सबै एक ढिक्का भए मात्रै निकास दिन सकिने भण्डारीको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका