जोडिनुहोस
  • होमपेज
  • उपनिर्वाचनका लागि चैत ८ देखी १२ गते भित्र दल दर्ता गराईसक्नु पर्ने

उपनिर्वाचनका लागि चैत ८ देखी १२ गते भित्र दल दर्ता गराईसक्नु पर्ने

काठमाडौं। निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दललाई दर्ताका लागि आब्हान गरेको छ ।

बैशाख १० गते बारा–२ र तनहुँ–१ मा हुन गईरहेको उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ देखी चैत १२ गतेको समयसिमा तोकेर दर्ताका लागि आब्हान गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भएपनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरे पछि चितवन–२ रिक्त हुन पुगेको थियो भने तत्कालिन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि सांसद पदबाट पनि राजीनामा दिदा बारा–२ रिक्त हुन पुगेको थियो । तनहुँ–२ वाट निर्वाचित रामचन्द्र पौडेल राष्टपतिमा निर्वाचित भएपछि सो स्थान रिक्त हुन पुगेको छ ।

आयोगको सोमवारको निर्णय अनुसार रिक्त रहेका स्थानमा प्रतिनिधि सभा सदस्य चयनका आयोगले दल दर्ताका लागि समय छुटाएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका