जोडिनुहोस
बिहिबार, फाल्गुन १०, २०८०
बिहिबार, फाल्गुन १०, २०८०
  • होमपेज
  • जसपाको विधान अधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै

जसपाको विधान अधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टीको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दैछ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको व्यवस्थापन समितिको बैठक आज बस्न लागेको हो

विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठन लगायतका विषयमा छलफल गर्न उक्त बैठक बोलाइएको हो । बैठक पार्टी कार्यालयमा दिउँसो १२ः३० बजे बस्नेछ ।

जसपाले चैत्र १५ गतेभित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन दिइसकेको छ । जसपाले चैत्र २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरे अनुसार त्यसको तयारीका लागि यो बैठक बोलाएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका