जोडिनुहोस
  • होमपेज
  • पारस आबद्ध एसीयन लायन्स च्याम्पियन

पारस आबद्ध एसीयन लायन्स च्याम्पियन

काठमाडौं । कतारमा जारी रहेको लिजेन्डस् क्रिकेट लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आबद्ध एसीयन लायन्स च्याम्पियन बनेको छ ।

कतारको दोहा स्थित वेस्ट इन्ड पार्क क्रिकेट मैदानमा सोमबार राती भएको फाइनल खेलमा लायन्सले वल्र्ड जायन्ट्सलाई ७ विकेटले पराजित गरेको थियो । वल्र्ड जायन्ट्सले दिएको १ सय ४८ रनको लक्ष्य एसीयन लायन्सले १६ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

एसीयनको जितमा ओपनरहरु तिलकरत्ने दिल्शान र उपुल थारंगाले अर्धशतकीय ईनिङ खेले । उनीहरुबीचमा पहिलो विकेटका लागि १ सय १५ रनको साझेदारी समेत भएको थियो ।

दिल्शानले ४२ बलमा ५८ रन बनाए । उनले ८ चौका प्रहार गरेका थिए । अर्का ओपनर थारंगाले २८ बलमा ५७ रन बनाए । उनले ५ चौका तथा ३ छक्का प्रहार गरेका थिए ।

मिस्बा उल हक तथा मोहम्मद हाफिज समान ९/९ रनमा अविजित रहे । जायन्ट्सका लागि मोन्टि पेनिसर,समित पटेल र ब्रेट लीले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जायन्ट्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।

जायन्ट्सका लागि ज्याकक्विस कालिसले ५४ बलमा अविजित ७८ रनको अर्धशतकीय ईनिङ खेले । कालिसले ५ चौका र ३ छक्का प्रहार गरेका थिए ।

रोस टेलरले ३३ बलमा ३२ रन बनाउँदा लिन्डल सिमोन्सले १७ रन बनाए । लायन्सका लागि अब्दुर रज्जाकले २ तथा थिसारा परेराले १ विकेट लिएका थिए ।  यस खेलमा पारसले प्लेईङ-११ मा स्थान बनाए पनि ब्याटिङ र बलिङमा भने मौका पाएनन् ।

प्रतियोगितामा टोलीले खेलेको ६ मध्ये ५ खेलमा पारसले प्लेईङ-११ मा मौका पाएका थिए ।

प्रतियोगिता भर बलिङको अवसर नपाएका पारसले ब्याटिङ तर्फ भने दुई खेलमा मौका पाएका थिए । दुई खेलमा पारसले १३ बलको सामना गरेर ११ रन बनाएका थिए ।

557C1721-2521-4DA9-AAAC-45418386DCF91679366167.jpeg

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका