जोडिनुहोस
  • होमपेज
  • विदेशी मुद्रा रित्तिएको श्रीलङ्कालाई आईएमफले दियो ३ बिलियन डलर

विदेशी मुद्रा रित्तिएको श्रीलङ्कालाई आईएमफले दियो ३ बिलियन डलर

काठमाडाैँ । विगत लामो समयदेखि आर्थिक सङ्कटमा फसेको दक्षिण एसियाली मुलुक श्रीलङ्कालाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ३ बिलियन अमेरिकी डलर दिएको छ । बेलायती साम्राज्यबाट स्वतन्त्र भएयता श्रीलङ्का अहिलेसम्मकै खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको थियो ।

केन्द्रीय बैङ्कको भण्डारमा विदेशी मुद्राको सञ्चिती रित्तिएपछि श्रीलङ्काले अत्यावश्यक वस्तुहरू समेत किन्न सकेको थिएन । पेट्रोलियम पदार्थ, औषधी र खाद्यान्न समेत आयात गर्न सकिरहेको थिएन । तर, मुद्रा कोषले ३ बिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेसँगै नराम्रो दिन सकिएको घोषणा गरिएको छ ।

श्रीलङ्काका विदेशमन्त्री अली सर्वीले बीबीसीसँग बोल्दै भने, ‘अब सरकारले विभिन्न माध्यमबाट फण्ड संकलनको योजना बनाएको छ । यसका लागि ध्वजाबाहक एयरलायन्सलाई निजीकरण गरिनेछ ।’ यद्यपि, विश्लेषकहरूले भने श्रीलङ्काले अझै आर्थिक सङ्कटको सामना गर्नुपर्ने बताइरहेका छन् ।

विश्वव्यापी फैलिएको महामारी, ५० प्रतिशतसम्मले बढेको ऊर्जाको मूल्य र वितरणमुखी आर्थिक नीतिका कारण श्रीलङ्का नराम्ररी आर्थिक सङ्कटको भुमरीमा फसेको थियो । यससँगै, देशभर अत्यावश्यक औषधीको चरम अभाव भएको थियो । यस्तै, ऊर्जाको चरम सङ्कट थियो भने प्रश्नोत्तरका लागि आवश्यक कागज आयात गर्न नसक्दा विभिन्न चरणका परीक्षाहरू रोकिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका