जोडिनुहोस
  • होमपेज
  • गोरखा पुगेर प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास

गोरखा पुगेर प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखास्थित पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी–कटहरे–हर्मी–साहिलीटार सडक स्तरोन्नति योजनाको शिलान्यास गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले गोरखा पुगेर सडकको शिलान्यास गरेको हुन्। शिलान्यास कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसँगै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ पनि पुगेका छन्।

प्रधानमन्त्री प्रचण्डले गत मंसिरको निर्वाचनमा गोरखा २ बाट निर्वाचित भएका थिए भने भट्टराई र श्रेष्ठको गृह जिल्ला पनि हो।

भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ छ। वूड हिल-लामा जेभी, महाराजगन्जले ३० महिनामा सक्ने गरी ठेक्का पाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका