जोडिनुहोस
  • होमपेज
  • ९ हजार कर्मचारी कटौती गर्दै अमेजन

अन्तर्राष्ट्रिय

९ हजार कर्मचारी कटौती गर्दै अमेजन

  • Sagarmatha TV
  • मङ्लबार, चैत्र ७, २०७९
९ हजार कर्मचारी कटौती गर्दै अमेजन

सान फ्रान्सिस्को । अमेजनले थप ९ हजार कर्मचारीलाई सेवाबाट हटाउने भएको छ । अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जसीले ९ हजार कर्मचारी कटौती गर्ने कम्पनीको योजना सोमबार घोषणा गरेका हुन् ।

एक ब्लग पोस्टमा उनले कर्मचारी कटौतीबाट कम्पनीको क्लाउड सेवा, विज्ञापन र ट्विच एकाइमा असर पर्ने उल्लेख गरेका छन् । यसअघि अमेजनले १८ हजार कर्मचारी जागिर कटौती गर्ने घोषणा गरेको थियो ।

कुन विभागका कर्मचारी कटौतीमा पर्ने भन्ने निर्णय भइनसकेको जनाउँदै एन्डीले आगामी एप्रिलको मधयसम्ममा निर्णय कार्यान्वयन हुने बताएका छन् ।

अमेजन विश्वको सबैभन्दा ठूलो रोजगारदाता कम्पनी मध्येको एक हो । विश्वभर करिब १५ लाख कर्मचारी अमेजनमा आबद्ध छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका