जोडिनुहोस
  • होमपेज
  • समृद्धिको लक्ष्य हासिल गरिछाड्छौं : प्रधानमन्त्री प्रचण्ड

समृद्धिको लक्ष्य हासिल गरिछाड्छौं : प्रधानमन्त्री प्रचण्ड

गोरखा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समृद्धिको लक्ष्य हासिल गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गोरखा र लमजुङका लाखौं जनसंख्या लाभान्वित हुने पन्थहिटी-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति योजनाको मंगलबार शिलान्यास गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

पालुङटार नगरपालिकाको विमिरेमा बिहान ११ः३० बजे भएको शिलान्यासपछिको संक्षिप्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिलेको समीकरण ०८४ सालको चुनावसम्मै कायम हुने र एकदुई दिनभित्रै मन्त्रीमण्डल विस्तार गरेर गतिमा काम अगाडि बढाउने बताए ।

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यो योजनालाई विशेष प्राथमिकतामा अगाडि बढाइएको र सामाजिक न्याय सहित गुणात्मक आर्थिक एवं भौतिक विकास सरकारको मूल ध्याउन्न भएको बताए । सडकले पर्यटन, कृषि, विद्युतीकरण जस्ता विकासका पक्षलाई एकीकृत बनाउन सक्ने उनले बताए । गोरखा जिल्लालाई नमुना जिल्लाकोरुपमा अघि बढाइने भन्दै उनले भने, ‘आजको यो कार्य निर्वाचनमा जनताका बीच गरिएको प्रबद्द्ताको थालनी गरिएको मात्रै हो ।’

समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूसहित सबैको प्राथमिकता र जोडबलमा यो सडक स्तरोन्नति हुन लागेकोमा खुसी व्यक्त गरे ।

योजना अन्तर्गत पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साँढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्रे हुनेछ। भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ छ।

वूड हिल-लामा जेभी, महाराजगन्जले ३० महिनामा सक्नेगरी ठेक्का पाएको यो सडक योजनाबाट गोर्खाको पालुङटार नगरपालिका एवम् सिरानचोक, छोप्राक र अजिरकोट गाउँपालिका तथा लमजुङको राइनास र दुधपोखरी नगरपालिकाका विभिन्न वडाबासीहरू लाभान्वित हुनेछन्।

योजनाबाट गोर्खा र लमजुङका गरी चार लाख ३० हजारभन्दा बढी जनसंख्या लाभान्वित हुने अनुमान सडक विभाग, सडक सुधार तथा विकास आयोजना निर्देशनालय र योजना कार्यालय गोर्खाले गरेका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका