जोडिनुहोस
  • होमपेज
  • उपनिर्वाचका लागि आजबाट दल दर्ता, के–के चाहिन्छ कागजात ?

उपनिर्वाचका लागि आजबाट दल दर्ता, के–के चाहिन्छ कागजात ?

काठमाडौँ— बैशाख १० गते हुने उपनिर्वाचनका लागि आज बुधबारबाट दल दर्ता हुँदैछ ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि आजदेखि चैत १२ गतेसम्मका लागि समय दिएको छ ।

आयोगले तनहुँ—१ र बारा—२ को उपनिर्वाचनमा भाग लिन दल दर्ताका लागि आह्वान गरेको हो । चितवन—२ मा हुने उपनिर्वाचनका लागि आयोगले यसअघि नै दल दर्ता गरेको थियो ।

तनहुँ—१ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा—२ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।

यसैगरी चितवन२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरेपछि उपनिर्वाचन हुन लागेको हो ।

दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपी, विधान, नियमावली तथा घोषणा पत्रलगायत कागजात संलग्न हुनुपर्ने आयोगले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका