जोडिनुहोस

खेलकुद

नेपालले लाओससँग खेल्दै

नेपालले लाओससँग खेल्दै

काठमाडौं  – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा (आज) बुधबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल शुरु हुँदैछ ।

थ्री नेसन्स कपमा घरेलु टोली नेपालसहित भुटान र लाओसको सहभागिता रहेको छ । थ्री नेसन्स कपको उद्घाटन खेलमा नेपाल र लाओस खेल्दैछ । यो खेल साँझ ६ बजेपछि हुनेछ ।

घरेलु मैदानमा लाओसविरुद्ध खेल्दा नेपाल जितको लक्ष्यमा हुनेछ । नेपालले सन् २०१६ पछि पहिलोपटक लाओससँग खेल्न लागेको हो । एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपाल र लाओसबीच प्रतिस्पर्धा भएको थियो । जसमा २–२ गोलको बराबरीपछि नेपालले पेनाल्टीमा ३–० ले खेल जित्दा ट्राइब्रेकरमा किरण नायक बनेका थिए ।

नेपाली टोलीका कप्तान किरण चेम्जोङले छोटो तयारी भएपनि लाओसविरुद्ध खेल्न नेपाली टोली तयार रहेको बताएका छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले थ्री नेसन्सका लागि आफुले उत्कृष्ट खेलाडी छनोट गरेको बताएका छन् ।

थ्री नेसन्स कपका लागि मुख्य प्रशिक्षक एनेसले ६ नयाँ अनुहार र केही पुराना खेलाडीलाई टोलीमा समेट्द २३ सदस्यीय टोली घोषणा गरेको छ ।

सुमित श्रेष्ठ, मणि कुमार लामा, सनिस श्रेष्ठ, पदम भट्टराई, अभिषेक बराल र दीपकराज सिंह ठकुरी पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् । यस्तै लामो समयपछि फरवार्ड भरत खवास, मिडफिल्डर नवीन लामा र डिफेन्डर आदित्य चौधरीले टोलीमा पूनरागमन गरेका छन् । नवीन राष्ट्रिय टोलीमा परेपनि डेब्युको मौका पाएका छैनन् ।

लाओसका मुख्य प्रशिक्षक माइकल वेसले आफुसँग युवा टोली रहेको बताउँदै राम्रो नतिजाकै लागि खेल्ने बताए । लाओसका कप्तान सौकाफोन भोङ्चियाङखामले प्रतियोगिताका लागि पहिलोपटक नेपाल आउँदा खुशी लागेको बताउँदै प्रतियोगिताका लागि उत्साहित रहेको बताए । उनले घरेलु टोली नेपालविरुद्ध लाओसको फुटबल देखाउने बताएका छन् ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् । विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ ।

उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् । एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार टिकट दर राखिएको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण एनटिभी प्लसबाट हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका