जोडिनुहोस
  • होमपेज
  • साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दै

साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दै

काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज बुधबार भुटानको सामना गर्दैछ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भुटानबीचको खेल राति ७ बजे सुरु हुनेछ ।

नेपाल आज भुटानलाई हराउँदै पहिलो जित निकाल्न चाहन्छ । सोमबार भएको पहिलो खेलमा नेपाल भारतसँग ४-१ गोल अन्तरले पराजित भएको थियो ।

भुटान पनि पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा भुटानलाई बंगलादेशले ८-१ गोल अन्तरले हराएको थियो । प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेकोछ ।

नेपालले तेस्रो खेलमा बुधबार आइतबार रुससँग खेल्नेछ । यस्तै नेपालले अर्को हप्ताको मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका